कृष्ण दैलेखि
रक्तचाप भनेको मुटुले पम्प गरेको रगतले रक्तनली (धमनी) को भित्तामा कति बल वा दबाब दिन्छ भन्ने मापन हो। यो शरीरको सामान्य कार्यका लागि आवश्यक छ, तर यो धेरै बढी वा कम हुनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। रक्तचाप नाप्दा सधैँ दुईवटा संख्याहरू देखाइन्छ, जस्तै १२०/८०, यसको मापन मिलिमिटर मरक्युरीमा (mm HG) गरिन्छ।
माथिल्लो अंक (सिस्टोलिक रक्तचाप): यो मुटु खुम्चिएर रगतलाई धमनी अथवा रक्तनलीमा धकेल्दा सिर्जना हुने दबाब हो।
तल्लो अंक (डायस्टोलिक रक्तचाप): मुटु दुई धडकनको बीचमा आराम गरिरहेको बेला पनि धमनी अथवा रक्तनलीमा अलिकति दबाब बाँकी रहन्छ , त्यसलाई डायस्टोलिक रक्तचाप भनिन्छ।
रक्तचाब बाट बच्ने उपायहरु
नुन कम खाने
नियमित ब्याम गर्ने
नियमित स्वास्थ आहार गर्ने
नियमित जाँच गर्ने
तौल सन्तुलन गर्ने
धूम्रपान मध्यपान नगर्ने
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार
प्रतिक्रिया दिनुहोस्