२०८३ वैशाख २ , बुधबार

कुलमानले सम्हालेका मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई



काठमाडौं । कुलमान घिसिङले बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार तीनजना मन्त्रीले सम्हाल्ने गरी तोकिएको छ ।

घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले घिसिङले सम्हालेको मन्त्रालयको कार्यभार तीन मन्त्रीले सम्हाल्ने गरी तोकेका हुन् ।

जसअनुसार ऊर्जा मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई तोकिएको छ । मन्त्री सिन्हाले यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार भने वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सम्हाले गरी तोकीएको छ । त्यस्तै सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार