२०८३ वैशाख २ , बुधबार

एमालेको अपानि : निर्वाचन आयोगको काम वडाललाई, संगठन विभागमा भानुभक्त



काठमाडौं । नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । एमालेले बुधबार (पुस २३) मा अपानि जारी गरेको हो ।

एमालेले केन्द्रीय तथा प्रादेशिक कामको संयोजनको जिम्मेवारीसहित अपानि जारी गरेको हो । जसअनुसार कोशी प्रदेश संयोजकको जिम्मेवारी शेरधन राईले पाएका छन् । त्यस्तै मधेसमा लिलानाथ श्रेष्ठ, वाग्मतीमा महेश बस्नेत, राजधानी प्रदेशमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक तोकिएका छन् ।

त्यस्तै एमालेले निर्वाचन आयोगको काममा रमेश वडाललाई संयोजनको जिम्मेवारी दिएको छ । संगठन विभाग र जनसंगठनको कामको संयोजक भानुभक्त ढकाल र प्रचारात्मक कामको संयोजन मीनबहादुर शाहीलाई तोकिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार