२०८३ वैशाख २ , बुधबार

कोसी प्रदेश : मन्त्रिपरिषद्ले गठन गर्‍यो समितिहरू



काठमाडौं । कोसी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलोपटक बसेको बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषदको कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषदलाई सहयोग गर्न विभिन्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

जसअनुसार पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुली संयोजक रहेको राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।

बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्न बनेको आदेश स्वीकृत गरेको पराजुलीले बताए । त्यस्तै बैठकले कोसी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार